दमक/   तुलसादेवी न्यौपाने स्मृति कोषले बिगत ८ बर्षदेखि गर्दै आएको शैक्षिक छात्रवृत्ती तथा उत्कृष्ट शिक्षक पुरस्कृत गर्ने कार्यक्रमलाई यसबर्ष पनि निरन्तरता दिएको छ ।
कोषले हरेक बर्ष दमकमा एक जना उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्नुका साथै विपन्न बिद्यार्थीहरुको शैक्षिक निरन्तरतामा सहयोग गर्दै आएको छ ।

सोही अनुरुप यसबर्ष साहित्यकला संगम दमकको आयोजनामा हिमाल माविको सभाकक्षमा औपचारिक कार्यक्रम गरि उत्कृष्ट शिक्षकका रुपमा पृथ्वी माविका शिक्षक डम्बर राईलाई पुरस्कृत गरेको छ ।
त्यसैगरी हिमालय मावि र पृथ्वी मावि दमक ७ का २० जना बिद्यार्थीलाई शैक्षिक सहयोग स्वरुप छात्रवृत्ती वितरण गरिएको कोषका संस्थापक मध्येका गणेश न्यौपानेले जानकारी दिए । साहित्य कला संगम दमकका अध्यक्ष नरपति पाण्डेको सभापतित्व र पूर्व प्रधानाध्यापक छविलाल शर्मा सिटौलाको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा सामाजिक तथा राजनीतिक व्यक्तित्वहरु प्रकाश प्रसाइँ, ध्रुव न्यौपाने, शैक्षिक सहयोग अभियानमा निरन्तर सक्रिय व्यक्तित्व शिक्षक दुर्गा काफले , हिमाल माविका प्रअ द्रोण श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो । सो कार्यक्रममा साहित्यकला संगमकी सदस्य गीता कुँवरले स्वागत मन्तव्य राखेकी थिइन भने सचिव ओम खनालले सञ्चालन गरेका थिए । कोषको न्यौपाने परिवारका गणेश , भिम , चण्डीप्रसाद र डा. लेखनाथ न्यौपानेले स्थापना गरेका हुन ।

 

 

Facebook Comments Box