दमक/  दमक ५ स्थित द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको १० औं बार्षिकोत्सवका अवसरमा कोटीहोमस्थित श्रीकृष्ण प्रणामी मन्दिरका आश्रममा आश्रित बृद्धबृद्धाहरुलाई खाद्यान्न प्रदान गरिएको छ ।  संस्थाले बिहिबार बार्षिकोत्सवको अवसर पारेर आश्रममा पुगेरनै चामल, तेल, दाल लगायतका खाद्यान्न बस्तु प्रदान गरेको हो ।
संस्थाका व्यवस्थापक नवराज बाँस्तोला, सेवा केन्द्र नियमन परिचालन इञ्चार्ज धर्मानन्द भट्टराई लगायत कर्मचारी, सेवा केन्द्र सञ्चालक समिति लगायतले आश्रमका अध्यक्ष भक्तिप्रसाद संग्रौलालाई ति सामाग्री हस्तान्तरण गरेका थिए । संस्थाले सोही अवसरमा इलामका विभिन्न पर्यटकीयस्थलहरुमा अवलोकन भ्रमण समेत गराएको छ । भ्रमणमा कर्मचारी तथा शेयर सदस्य परिवार सहभागी छन ।
Facebook Comments Box