दमक/ झापाको दमक ६ स्थित नयाँ बाटो बहुद्धेशीय सहकारी संस्थाले आफ्नो आठौ बार्षिकोत्सव बिभिन्न कार्यक्रमहरुबीच सम्पन्न गरेको छ । शनिवार विहान बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७४ जनाले रक्तदान गरेको सहकारीका अध्यक्ष टीकाराम खतिवडाले जनाएकाछन् ।
रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाका रक्तसञ्चार प्रमुख सिद्धार्थ दहालले सहकारीले रक्तदान लगायत सामाजिक क्षेत्रमा गरेको कामको प्रशंशा गरे ।
सो अवसर सहकारीका अध्यक्ष खतिवडाले सहकारीका सदस्य तथा कर्मचारीहरुका लगनशिलताका कारण सहकारी अहिले यो अवस्थामा आईपुगेको जनाउदै सबैप्रति आभार प्रकट गरे ।
यसैगरी सहकारी संस्थाले दमक २ मा रहेको हाम्रो बालश्रममा पनि दैनिक उपभोग्य सामाग्रिहरु प्रदान गरेको सहकारीका राजेन्द्र बिमलीले जानकारी दिएकाछन् । सामाजिक उत्तरदायित्व वहन गर्दै सहकारीले काम गर्दै आएको उनले जनाए । सहकारीका निरुपण भण्डारीका अनुसार सहकारीले बार्षिकोत्सवको अवसरमा प्रत्येक बर्ष रक्तदान लगायतका कार्यक्रमहरु गर्दै आएको छ ।
