झापा/इकोम मिस एसर्ईई प्रदेश १ को पाँचजना सेमिफाइनलिष्ट छनोट भएका छन् ।
ड्म्सि वल्र्ड इन्टरटेण्मेटको आयोजनामाभएको प्रतियोगितामाबिभिन्न सब कन्टेष्ट जित्दै उनीहरु सेमिफाइनलकालागि छनौट भएका हुन् ।
प्रतियोगी नम्बर १ अनुमा राईले “व्युटी एण्ड परपस” प्रतियोगी नम्बर ३३ प्रिसा खरेलले “मिस इन्टेलेक्च्यर”, प्रतियोगी नम्बर २५ रेनु श्रेष्ठले “टप मोडल कन्टेष्ट”, प्रतियोगी नम्बर ९ दिपिका भट्टराईले “हेड टु हेड च्यालेन्स” र प्रतियोगी नम्बर २२ सजिता तामाङले “मिस ट्यालेण्ट”जित्दै सेमिफाइनलमा आफ्नो स्थान बनाएका हुन् ।
यि ५ वटै सव कन्टेष्टका लागि भिन्ना भिन्नै प्रतियोगिता फरक फरक निर्णायकको रोहोबरमा गरिएको थियो । प्रतियोगीतामा“मिस एथलेटिक” प्रतियोगिनम्बर ८ सबिना राउत बनेकी छिन् । मिस एथलेटिकले भने सेमिफाइनलमा स्थान नपाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामाप्रदेश १ का ३४ जना एसईई दिएका किशोरीहरुको सहभागिता रहेको छ ।
प्रतियोगिताको अन्य सेमिफाइनलिष्टको छनौटका लागि आगामी सनिबार होटल फ्लोरिडामा प्रि जज मेण्ट हुने छ भने मिस मल्टि मिडिया जित्दै सेमिफाइनलमा पुग्न पनि सकिने आयोजक कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिए । प्रतियोगिताको ग्राण्ड फिनाले आगामी जेष्ठ २० गते बिर्तामोडको चारपाने स्थित फोर सिजन पार्टी प्यालेसमा हुनेछ । प्रतियोगिताको मुख्य निर्णयकको रुपमा मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल झापा आउने पुडासैनीले जानकारी दिए ।