दमक/ दमक ४ स्थित लक्ष्मी बेराङ सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले मंगलबार विश्व रक्तदाता दिवसको अवसर पारेर खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । चियादोकान चोकस्थित संस्थाको कार्यालय प्राङगणमा शुरु भएको रक्तदान कार्यक्रमको उदघाटन दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँले गरेकी छिन । सो अवसरमा ८२ औं पटक रक्तदान गर्दै रक्तादाता राजेश अग्रवालले रक्तदानको शुभारम्भ गरेका छन । प्रमुख अतिथी भट्टराईले नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका रक्तसञ्चार प्रमुख सिद्धार्थ दाहाल र रक्तदाता अग्रवाललाई रक्तदानमा आवश्यक सामग्री हस्तान्तरण गरेर उदघाटन गरेकी हुन ।
संस्थाका अध्यक्ष बुद्धिलाल धिमालको सभापतित्वमा शुरु भएको उदघाटन कार्यक्रममा दमक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य असिम राई, धिमाल जातीय बिकास केन्द्रका पूर्व अध्यक्ष रामबहादुर धिमाल, नम्बरलाल धिमाल, त्रिवेणी अपाङग महिला सहकारी संस्थाका अध्यक्ष मदन बोहोरा, देवी बहादुर बस्नेत लगायतको विशेष उपस्थिती रहेको छ । संस्थाकी सञ्चालक सदस्य शान्ति देवी धिमालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव मणिराज धिमालले गरेका थिए ।

 

 

Facebook Comments Box