गौरीगञ्ज / गौरीगञ्ज गाउँपालिकाको वडा नँ ४ मा रहेको  सार्वजनिक बन अतिक्रमणमा परेको छ । सार्वजनिक बनमा निजि स्वार्थका लागि केहि ब्यक्तीहरुले सडक मात्र खनाएका छैनन् जँगलको बिचमा पोखरी समेत खनाएका छन् ।

गौरीगञ्ज गाउँपालिकाकै सार्वजनिक सम्पतीको रुपमा रहेको एक मात्र बनमा केहि ब्यक्तीहरुले निजि सडक तथा पोखरी खनाएको बिषयमा स्थानीय सरकार भने अनभिज्ञ देखिन्छ । । बन क्षेत्र अतिक्रमण हुने गरि सार्वजनिक बनको बिच बाटै ऐलानी जग्गामा करिब २० फीट फराकिलो सडक खनाइएको छ भने बनको बिचमा दुइवटा पोखरी खनाएको छ । यस बारे गौरीगञ्ज गाउँपालिकाका नब निर्वाचित जनप्रतिनिधिहरु कुनै चासो नै देखाएका छैनन् ।

वडा नँ ४ को बेलडाँगी गाउँ पश्चिम रहेको जँगलको खालि ऐलानी जग्गाको करिव २ बिघा क्षेत्रफलको जग्गा २०२९ साल देखि नै तत्कालिन गौरीगञ्ज गाउँ पञ्चायतको अनुमती लिइ तत्कालिन वडा नँ २ हाल वडा नँ ४ लतिझुला बस्ने टुल्का ताजपुरियाले जोत भोग गर्दै आइरहेकोमा उनको निधन पश्चात उनका छोरा डाली ताजपुरियाले सो जग्गा भोग चलन गर्दै आइरहेका छन् । उनि सँग ३२ सालदेखि नै सो जग्गाको कर तिरि रहेको प्रमाणहरु सुरक्षित छ भने २०५३ सालमा तत्कालिन गौरीगञ्ज गाबिसका अध्यक्ष घनश्याम रिजालले टुल्का ताजपुरियाका छोरा डाली ताजपुरियाको नाममा सो जग्गाको साबिकको किता नँ ६४७ को हालको किता नँ ८३५ को १ बिघा १० कट्ठा क्षेत्रफलको जग्गा जोत भोग गरेको ऐलानी सिफारिस गरेको प्रमाण  छ । तर बर्षौ देखि आफुले जोतभोग गर्दै आइरहेको सार्वजनिक बनको सो जग्गामा केहि दिन अघि केहि ब्यक्तीहरुले बाटो खनेर पोखरी समेत खनाएको डाली ताजपुरियाले बताएका छन् । मोरँग बस्ने लिम्बु थरका ब्यक्तीले आफ्नो अनुमती बिना आफुले बर्षौ देखि जोतभोग गर्दै आएको सो बनको ऐलानी जग्गामा बाटो र पोखरी खनाउदा आफु निशब्द भएको उनको भनाइ छ । स्रोत – गौरीगञ्ज दर्पण

 

Facebook Comments Box