भोजपुर/आफ्नै छोराको हत्या गर्ने भोजपुरको भोजपुर नगरपालिका–९ पानी ट्याङकीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै नाबालक छोराको हत्या गर्ने रामप्रसाद राई गाउँपालिका–८ घर भई पानी ट्याङकी स्थित आरती श्रेष्ठको घरमा डेरा गरि बस्ने २५÷२६ बर्षिया सम्झना थापालाई पक्राउ गरेको हो ।
थापाले २२ महिनाको आफ्नै छोरा सम्बोधन थापालाई धारिलो हतियार खुकुरीले घाँटी काटेर डेरा नजिक फालेको अवस्थामा शव फेला परेको थियो । घटनाका बिषयमा आज बिहान ८ बजे जिल्ला प्रहरी कार्यालय भोजपुरमा जानकारी आएको प्रहरीले जनाएको छ । प्रहरी टोलीले सम्झनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान शुरु गरेको छ भने घटनास्थलबाट एउटा खुकुरी र एउटा अचानो समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box