– मुलुकभर मनसुन सक्रिय भएकाले अधिकांश स्थानमा आज वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद राजु प्रधानाङगका अनुसार पुर्वी, मध्य र पश्चिमी भेगका अधिकांश स्थानमा वर्षा भइहरेको छ । केही स्थानमा भने भारी वर्षा भइरहेको उहा“को भनाई छ । मूलुकको दक्षिणी क्षेत्रबाट न्यून चापिय रेखा नेपालमा प्रवेश गरेसंगै मनसुन सक्रिय भएको हो । यो प्रक्रिया केही दिन जारी रहने भएकाले किसानले यही समयमा धान रोपाईंमा जोड दिनुपर्ने उहा“ बताउनुहुन्छ । वर्षा भएसंगै तराईका किसानले केही राहत महसुस गरेका छन् ।