मोरङ । सुनसरी र मोरङका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुईजनाको ज्यान गएको छ । मोरङको रंगेली नगरपालिका ५ आपगाछी बस्ने १२ बर्षिय प्रमोद ऋषिदेवको बुधबार दिउँसो १२.५० बजे करेन्ट लागी मृत्यु भएको छ ।
आफ्नै घर छेउको काठमा विजुलीको पोल नजिक हिडिरहेको अवस्था अचानक उक्त विजुलीको पोल ढली नाङगो तारबाट करेन्ट लाग्दा ऋषिदेवको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । यस्तै सुनसरी धरान थाक्कर डाँडा बस्ने ६७ बर्षिय बिर्ख बहादुर राईको करेन्ट लागी मृत्यु भएको छ ।
बिहान ११ बजेको समयमा आफ्नै घरमा रेडियो बजाउनको लागि रेडियोको ज्याक मल्टिपल्कमा जोड्ने क्रममा करेन्ट लागी बेहोस भएका राईको उपचारको क्रममा बीपी कोईराला स्वास्य्थ बिज्ञान प्रतिष्ठान घोपा धरानमा दिउसो १२२० बजे मृत्यु भएको अस्थाई प्रहरी पोष्ट घोपाले जनाएको छ ।

Facebook Comments Box