दमक/ झापाको कमल ७ स्थित गेउरिया बजारमा निर्माण सम्पन्न भएको कृषि उपज बिक्रीस्थल ९ पक्की टहरा० को आज बुधबार उदघाटन गरिएको छ । प्रदेश एक सरकार अन्तर्गतको कृषि तथा पशुपंक्षी मन्त्रालयको कूल १० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको सो टहराको कृषि तथा पशुपंक्षी मन्त्री झलकसिंह दर्लामीले उदघाटन गरेका हुन ।

सो अवसरमा मन्त्री कार्कीले मुलुकलाई आत्मनिर्भर बनाउन कृषि उत्पादन बढाउनु र यसको बजारीकरण अनिवार्य भएको बताए । उनले प्रदेश सरकारले कृषि हाट बजारको व्यवस्थापनलाई उचित प्राथमिकता दिदैं आएको पनि उल्लेख गरे । आर्थिक क्रान्तिका लागि कृषिमा आधुनिकीकरणको पनि खाँचो औंल्याए । उदघाटन कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले परम्परागत रुपमा लाग्दै आएका हाट बजारहरुको व्यवस्थापनमा स्थानीय बजारबासीको महत्वपूर्ण भुमिका हुने बताए । कार्यक्रममा पालिका उपाध्यक्ष प्रमिला न्यौपाने ,कमल ५ का ५ वडाध्यक्ष लाल बहादुर बिष्ट,नेकपा माओबादी केन्द्रका प्रदेश कोषाध्यक्ष गगन पुरी लगायतको उपस्थिति रहेको थियो । प्रत्येक शुक्रबार लाग्ने गेउरिया हाट स्तरोन्नती भएसगै सो बजारको कारोबारमा बृद्धि हुने अपेक्षा गरिएको बजार समितिका अध्यक्ष अरुण गुरुङले बताए ।

Facebook Comments Box