दमक/ आईसीसी विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेलमा बिहिबार अष्ट्रेलिया र ईङ्ल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । बर्मिघममा हुने खेलमा पाँच पटकको विश्व विजेता अष्ट्रेलिया आठौं पटक फाईनल पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।
घरेलु टोली ईङ्ल्याण्ड समेत चौथो पटक फाईनल खेल्ने लक्ष्यमा हुनेछ । उपाधि दाबेदर यी दुई टोलीबीचको खेल निकै रोमाञ्चक हुने आँकलन गरिएको छ ।