झापा/झापाको गौरीगञ्ज १ माहाभारामा पर्ने एउटा ग्राभेल सडक सामान्य बर्षाका समयमा पनि हिलाम्ये भएको भन्दै तत्काल सडक स्तरोन्नती गर्न स्थानीयले माग गरेका छन् ।
शिवसताक्षीको जनता चोकबाट विष्णु चोक , टुनुवस्ती म, मोठगाउँ , चौरी हुँदै होक्कलबारी जोड्ने करीब १५ किलोमिटर सडकको अवस्था जीर्ण बनेको हो । सो सडकको धेरै जसो भागमा परेका खाल्डाखुल्डीमा पानी जमेका कारण आवतजावतमा कठिनाई भईरहेको स्थानीय उपभोक्ताहरुको भनाई छ ।
नेकपा गौरीगञ्ज गाउँ कमिटी अध्यक्ष समेत रहेका सो सडकका उपभोक्ता स्थानीय विद्यानन्दसिंह राजवशींले सो सडक बेलैमा स्तरोन्नती नगरिए बर्षायाममा ठुलो समस्या आउने तर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए । सो सडकले करिब ५ सय परिवारलाई पूर्व पश्चीम राजमार्ग सम्म यातायात सम्पर्क जोड्ने गर्दछ । सडकको अवस्था सुधार नगरिए बर्षायाममा एम्बुलेन्स समेत गुडाउन नसक्ने अवस्था रहेको स्थानीयहरु बताउँछन् ।