भोजपुर/ शौचालय गएको समयमा माटोको ढिस्को खसेर पुरेपछि उद्धार गरिएका भोजपुरका एक बालकको उपचार नपाई ज्यान गएको छ । भोजपुर ट्याम्केमयुम गाउँपालिका–९ स्थित ऐराङका १४ बर्षीय जनक बि.क.को मृत्यु भएको हो ।

घट्ना विवरण अनुसार आज बिहान साढे १० बजे शौचालय गएको अबस्थामा शौचालय भन्दा मास्तिरको माटोको ढिस्को अचानक खसेर शौचालय सम्म आएको थियो । ढिस्कोले पुरेको अबस्थामा उनकी दिदीले स्थानीय समेतको सहयोगमा उद्दार गरेर घरमा ल्याएकी थिइन् । घट्नापछि उनलाई उपचारका लागि नलगिँदा अपरान्ह २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दिल्पालाई उदृत गर्दै प्रदेश प्रहरी कार्यालय प्रदेश नं १ ले जनाएको छ ।

Facebook Comments Box