दमक / गोल्डेन ओक कमेडी यात्राको टोलीले शनिबार साँझ दमकबासीले हाँस्यव्यग्यं मार्फत मनोरञ्जन प्रदान गरेको छ ।
दमक जेसीजको व्यवस्थापनमा दमकको कन्काई पाटी प्यालेसमा भएको हाँस्यव्यग्यं कार्यक्रममा आधा दर्जन बढी हाँस्यकलाकारहरुले समसामयिक बिषयमा हाँस्यव्यंग्य प्रस्तुत गरेका थिए । सो अवसरमा हाँस्यव्यग्यं क्षेत्रमा स्थापित राष्टिय कलाकारहरु जितु नेपाल, मिलन नेवार , सुमन कार्की, सुवर्ण केसी , निरज नेपाल र शिवशंकर रिजालले आआफनो प्रस्तुती देखाएका थिए ।
दमक जेसीजका अध्यक्ष सञ्जिब बरालले जेसीजले आफनो उद्धेश्यमा केन्द्रित भएर मनोरञ्जनात्मकसंगै स्वास्थ्य , वातावरण लगायतका बिषयमा जनचेतनामुलक कार्यक्रमहरुलाई निरन्तरथा दिई आएको बताएका छन ।
