दमक/ दमकमा मुख्य कार्यालय रहेको मेची बहुउद्धेश्यीय सहकारी संस्थाले बजारमा आएको असहज परिस्थितीका बाबजुद संस्थाको आर्थिक कारोबार र सेवा क्षेत्रलाई थप फराकिलो बनाउँदै लगेको छ । कोरोना महामारीका कारण बजारमा उत्पन्न असहज परिस्थिति, मुलुकमा रहेको आर्थिक तरलताका कारण व्यवसायिक कारोबारमा आएको कमिका बाबजुद संस्थाले गत आर्थिक बर्ष २०७८/ ०७९ मा लिइएका सबै लक्ष्य भेटाउन सफल भएको हो ।
संस्थामा गत असार मसान्त सम्ममा कायम भएका १३ हजार ३ सय १८ सदस्यहरुको शेयर पुँजी ३५ करोड ५५ लाख ७८ हजार ८०० रुपैयाँ पुगेको छ भने संस्थाको जगेडा कोषमा समेत १ करोड ४७ लाख ५९ हजार ९०० रुपैयाँ र अन्य कोषहरुमा ११ करोड ६३ लाख ७३ हजार रुपैयाँ जम्मा भएको छ ।

संस्थाले गत आर्थिक बर्षमा कुल ११ करोड ९८ लाख २९ हजार रुपैयाँ नाफा कमाउन सफल भएको संस्थाको २८ औं बार्षिक साधारण सभाको सन्मुखमा आज शनिबार आयोजित पत्रकारहरुसंगको अन्तरक्रियामा जनाइएको छ । अन्तरक्रियामा संस्थाले गत आर्थिक बर्षमा करिब साढे तीन अर्ब रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको जनाउँदै चालू बर्ष २०७९/ ८० लाई बचत बर्षका रुपमा मनाउने योजना सार्वजनिक गरिएको छ ।
संस्थाको सञ्चार उपसमितिले आयोजना गरेको अन्तरक्रियामा संस्थाका अध्यक्ष नारायण प्रसाद भटटराईले संस्थाले अहिले प्रदेश एकका विभिन्न जिल्लामा रहेका १२ वटा सेवा केन्द्र मार्फत आफना सदस्यहरुसंगको कारोबारलाई निरन्तरता दिइरहेको र छिटटै पूर्वको प्रमुख शहरका रुपमा रहेको इटहरीमा समेत सेवा केन्द्र सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए । उनले यससंगै संस्थाले सदस्य, कर्मचारी तथा सञ्चालक समिति, उपसमितिसहित समग्र सेवा तथा कारोबारमा लिएका नीतिगत बिषयहरुका बारेमा पनि जानकारी गराएका छन । त्यस्तै संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले संस्थाको आगामी बार्षिक साधारण सभामा पेश गरिने प्रतिवेदनको सार सहित संस्थाले लिएको नीति कार्यन्वयनको पक्षका बारेमा प्रष्टयाएका थिए । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष दमक नगरपालिकाका पूर्व मेयर रोमनाथ ओली, दमक ६ का वडाध्यक्ष टेकबहादुर थापासहित संस्थाका सञ्चालक समिति, उपसमितिका संयोजक तथा सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रम सञ्चार समितिका गोपाल झापालीले सञ्चालन गरेका थिए ।

Facebook Comments Box