दमक/ नेपालीका लागि नेपाली भन्ने मुल नारासहित स्थापना गरिएको एनआरएनए, युएई, अलऐन क्षेत्रीय समन्वय परिषदले हरितालिका तीजको उपलक्ष्यमा दर खुवाउने कार्यक्रमसहित “तीज धमाका” विशेष सांगितिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
आफ्नो रितिरिवाज तथा परम्पराको जगेर्ना गर्ने उद्धेश्यले संस्थाले बर्षेनी गर्दै आएको तिज विशेष कार्यक्रमलाई यसपटक पनि निरन्रता दिएको हो । यसपटक २७ अगष्टमा आयोजना हुने सो कार्यक्रममा चर्चित गायक, गायिका तथा हाँस्यकलाकारहरुको बेजोड प्रस्तुती रहने एनआरएनए, युएई, अलऐन क्षेत्रीय समन्वय परिषदका अध्यक्ष उज्वल दाहालले जानकारी दिए । अध्यक्ष दाहालका अनुसार यस पटकको कार्यक्रममा मिलन नेवार , दिब्या सुब्बा, निश्मा तामाङ, बाबुराम माँझी, सब्बी ब्लिस, मनिषा तामाङ, माया गुरुङ, कुमारी तामाङ, कबिता तामाङ, प्रमिला तामाङ र राजु कौशलको प्रस्तुति रहनेछ । अलऐनस्थित अलजाहिली पार्कमा आयोजना हुने सो विशेष कार्यक्रममा सहभागिताका लागि संस्थाले युएइमा रहेका सबै नेपाली दाजुभाई, दिदीबहिनीहरुमा अपिल गरेको छ ।
