दमक/झापा र इलामको संगमस्थल चुलाचुली–२ बाह्रगोठेमा किराँती राजा यलम्बरको पूर्णकदको सालिक निर्माणका लागि शिलान्यास गरिएको छ । स्थानीयहरुको प्रयासमा निर्माण गर्न लागिएको शालिकको गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले सिलान्यास गरेका छन् ।

 

करिब १७ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न हुने अपेक्षा गरिएको सो शालिकका लागि आवश्यक पर्ने रकम देशविदेशमा रहेका नेपालीहरुबाट जुटाउने निर्माण समितिले जनाएको छ । सो शालिक निर्माण समितिका अध्यक्ष पुरन राईको केहि दिन अघि सडक दुर्घटनामा परि निधन भएको थियो ।

शिलान्यास कार्यक्रम निर्माण समितिका उपाध्यक्ष एबम् कार्यवाहक अध्यक्ष सञ्जय इङ्गनामको अध्यक्षतामा भएको समितिका सल्लाहकार दिपेनवाला राईले जानकारी दिए ।
गत बर्षदेखी किरात राजा यलम्बरको प्रतिमा निर्माण गर्न आर्थिक अभियान सञ्चालन गरिएको थियो ।

Facebook Comments Box