दमक/ झापाको कमल ५ पाडाजुङ्गीमा बैदिक गुरुकुल विद्यालय सञ्चालनमा आएको छ । गुरागाँई वंश उत्थान समाज कल्याण प्रतिष्ठानले आफ्नै प्रधान कार्यालय परिसरमा रमा विन्ध्यवासिनी गुरुकुल बेद विद्यालय सञ्चालनमा ल्याएको हो ।
यसै शैक्षिक शत्रबाट सञ्चालनमा आएको विद्यालयमा हाल १७ जना बटुकहरु अध्ययन्रत रहेको प्रतिष्ठानका केन्द्रिय सदस्य खेमराज गुरागाँईले जानकारी दिए । माध्यमिक तह सम्म नेपाल सरकारद्वारा स्विकृत पाठ्यक्रम अनुसार पठन पाठन गराउने लक्ष्य सहित गुरुकुल सञ्चालनमा ल्याईएको प्रतिष्ठानका पूर्व केन्द्रिय अध्यक्ष महानन्द गुरागाँईले जनाएका छन ।
२०५१ सालमा स्थापित प्रतिष्ठानले विश्वव्यापी रुपमा रहेका गुरागाँई बन्धुहरुलाई गोलवद्ध गराउने र बैद्धिक सनातन संस्कार संरक्षण्का लागि विभिन्न कार्य गर्दै आएको प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष लक्ष्मीप्रसाद गुरागाँईले जानकारी दिए ।
संस्थाका संस्थापक संरक्षक डिल्लीराम गुरागाँई तथा कमला देवी गुरागाँईले डेढ करोड रुपैयाँको निजी खर्चमा निर्माण गरेको तीन तले भवनमा गुरुकुल सञ्चालन गरिएको हो । प्रतिष्ठानले केहि दिनमानै औपचारिक रुपमा भवन हस्तान्तरणको कार्यक्रम राख्ने प्रतिष्ठानकी केन्द्रिय अध्यक्ष तुलसा गुरागाँईले जानकारी दिइन । बन्धुहरु विचमा भाइचारा अभिवृद्धी, सनातनी संस्कारको संरक्षण तथा शैक्षिक विकासका लागि प्रतिष्ठानले चरणवद्ध कार्यक्रमहरु गर्दै आएको प्राध्यापक गोविन्द गुरागाँईले बताए ।
