दमक/ भगवान श्रीकृष्णप्रति आस्था भक्तजनहरुले कृष्ण जन्माष्टमीको भोली पल्ट ( यस बर्ष आज) दिउँसोदेखि राधकृण मन्दिर तथा धार्मिकस्थलहरुमा सजाएर राखिएको श्रीकृष्णको रथलाई आआफनो ठाउँ वरपर परिक्रमा गराउन थालेका छन ।


पुर्खाहरुले निकाल्दै आएको खटयात्रा वयलगाडाबाट निकाल्ने गरिन्थ्यो । पछिल्लो समय परम्परागत रथलाई परिमार्जन गर्दै अन्य साधनहरुमा रथ निकाल्ने चलन छ । श्रीकृष्णले महाभारत लडाइँमा रथकै प्रयोग गरेकाले कृष्णको स्मरण गराउन रथयात्रा निकाल्ने गरिन्छ । सर्वसाधारणहरु ठुलो संख्यामा आफनो नियमित कामकाज छोडेर यो यात्रामा सहभागी हुने गर्छन । रथको डोरी छोयो भने मोक्ष प्राप्त हुने र मनोकामना पूरा हुने विश्वास रहँदै आएको छ ।
पूर्वी नेपालका झापा र मोरगंमा भारतको विहार र पश्चिम बंगालबाट पनि रथको अवलोकन गर्न आउने गरेका छन् । दमकमा श्रीकृष्ण रथयात्रा समितिको आयोजनामा बर्षेनी हुँदै आएको रथयात्रालाई यसपटक पनि निरन्तरता दिइएको हो ।
रथयात्रामा दमकका धार्मिक तथा सामाजिक संघ संस्थाहरु, मैथिली तथा मारवाडी समुदायको विशेष सक्रियता रहँदै आएको छ । रथयात्राले विभिन्न जाती समुदायलाई एकताको शुत्रमा बाँधेको देख्न सकिन्छ । दमकमा मारवाडी सेवा समिति, श्याम परिवार, दमक युथ क्लब, राधाकृष्ण मन्दिर, स्काउट, राधाकृष्ण किर्तन मण्डली, जाल्पादेवी किर्तन मण्डली, रोटरी क्लब अफ दमक, लायन्स क्लबहरु लगायतले रथयात्रामा सहभागी भक्तजनहरुको स्वागतका लागि चोक बजारका सडकहरु रंगाएका छन । यसैगरी विराटनगरमा प्रदेश एकमै सबैभन्दा धेरै भक्तजनहरुको सहभागितामा रथयात्रा निकालिएको छ भने गौरादह, उर्लाबारी लगायतका ठाउँमा पनि ठुलो संख्यामा भक्तजनहरु रथयात्रामा सहभागी भएका छन ।

गौरादहमा रथयात्राको पूर्व तयारी

Facebook Comments Box