दमक/ फेसबुक ‘ह्याक’ गरेर रकम ठगी गर्ने एक जनालाई आज बुधवार प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न व्यक्तिका फेसबुक ह्याक गरेर उनीहरूका आफन्त, साथी तथा सहकर्मीसँग च्याटमार्फत डिजिटल माध्यमबाट पैसा पठाउन लगाउने मोरङको पथरी शनिश्चरे नगरपालिका १० मंगलबारेका २० वर्षका किरण पाठकलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।

पाठकले झन्डै २० जनाबाट रकम असुली गरेको पाइएको  छ । उनले ठगी गरेकाहरू अझै पनि सम्पर्कमा आइरहेकाले पीडितको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

पक्राउ परेका पाठकलाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।

Facebook Comments Box