दमक/ दमक १ स्थित दमक बहुमुखी सहकारीको २० औं बार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन भएको छ । बिहिबार सम्पन्न साधारण सभामा निर्विरोध निर्वाचित सञ्चालक समितिको घोषणा गरिएको हो ।

संस्थाका अध्यक्ष सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा जनाइए अनुसार संस्थाको आगामी चार बर्षे कार्यकालका लागि अध्यक्षमा मोहनकुमार श्रेष्ठ, उपाध्यक्षमा बसन्त न्यौपाने, सचिवमा रुपनारायण न्यौपाने र कोषाध्यक्षमा इन्दिरा नेम्वागं चुनिएका छन ।
सदस्यहरुमा ध्रुवकुमार अधिकारी, बुद्धिशेखर भटटराई, गोपाल प्रसाद दाहाल, यशोदा देवी काफले र पारसमणी अर्याल चुनिएका छन । लेखा समिति संयोजकमा द्रोण प्रसाद खनाल र सदस्यहरुमा देवराज मल्ल तथा गोपाल अधिकारी निर्विरोध निर्वाचित भएका निर्वाचन समिति संयोजक शिव रेग्मीले जानकारी दिए ।
यसअघि कस्मिक पाटी प्यालेसमा भएको साधारण सभाको उदघाटन संस्थाका अध्यक्ष श्रेष्ठ र कार्यक्रमका विशिष्ट अतिथी दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकूल श्रेष्ठले संयुक्त रुपमा गरेका थिए । साधारण सभाले सञ्चालक समिति र लेखा समितिको प्रतिवेदनसंगै विभिन्न नियमावलीहरुको पारित अनुमोदन गरेको व्यवस्थापक हेमन्त रिजालले जानकारी दिए । सभामा विभिन्न विधामा उत्कृष्ट सदस्यहरुलाई पुरस्कृत समेत गरिएको थियो । सभाको सञ्चालन सचिव रुपनारायण न्यौपानेले गरेका थिए ।