दमक / भारतले ७५औं स्वतन्त्रता दिवसको अवसरमा मोटिवेसनल स्ट्रीप्स (ओमन) र गुजरात साहित्य एकेडेमी (भारत) ले संयुक्त रुपमा प्रदान गर्दै आएको विश्व साहित्य सम्मान चार जना नेपाली साहित्यकार तथा लेखकहरुलाई प्रदान गरेको छ ।
विश्वका एक सय साहित्यकार तथा लेखकहरुलाई प्रदान गर्दै आएको विश्व साहित्य सम्मान चार जना नेपाली सहित्यकारहरुले प्राप्त गर्न सफल भएका हुन ।
सो साहित्य सम्मान प्राप्त गर्नेहरुमा साहित्यकार तथा लेखक खेमलाल पोखरेल, तोयानाथ चापागाइँ , विष्णु प्रसाद भटटराई र तुलसी श्रेष्ठ रहेका छन । श्रेष्ठ काठमाडौं निवासी हुन भने अन्य तीन जना दमक निवासी हुन ।
सन् १८५८ देखि भारतमा शासन गरेको बेलायत १९४७ मा मात्रै फिर्ता भएको थियो । त्यससँगै भारत स्वतन्त्र भएको थियो । त्यसयता भारत सरकारले हरेक वर्ष अगस्ट १५ लाई स्वतन्त्रता दिवसका रुपमा मनाउँदै आएको छ । यस पटक गत सोमबार भारतले ७५औं स्वतन्त्रता दिवस मनाएको थियो ।

Facebook Comments Box