दमक/ एजुकेशन एण्ड माइग्रेशनकर्नर “लेट मि टक” बक्तृत्वकला प्रतियोगिताको उपाधी झापा देवी मावीका दिपक दुंगानाले जितेका छन् । फस्ट रनर अप दमक बहुमुखी क्याम्पसकी रुविना विष्ट बनेकी छिन् । उनी बीबीएस दोश्रो बर्षमा अध्ययनरत छिन् ।
ड्म्सि वल्र्ड इन्टरटेनमेन्टको आयोजनामा नेपाली युवाहरुको आर्थिक सशक्तिकरण बिषयमा उनीहरुले धारणा राखेका थिए । उपाधीसँगै ढुंगानाले २० हजार नगद, ट्फ्री सहितका पुरस्कार पाएका छन् । भने फस्ट रनर अप बनेकी दमककी रुविनाले नगद १५ हजार रुपैयाँ र सेकेण्ड रनर अप गोमेन्द्र कलेज विर्तामोडकी संस्कृति घिमिरेले नगद १० हजार रुपैयाँ जितेकी छिन् ।
विर्तामोडमा भएको कार्यक्रममा प्रदेश नम्बर १ का बिभिन्न उच्चमावि तथा कलेजबाट ३५ जना बिद्यार्थीको सहभागिता थियो ।