दमक/ दमकमा राष्ट्रिय जनसंगित मञ्च नेपालको नगर समिति गठन भएको छ । दमक ८ मा शुक्रबार भएको भेलाले कमला खनाल ( रिजाल) को अध्यक्षतामा सो नगर समिति गठन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा जेवी रसाइली , सचिवमा इश्वरी लामिछाने र कोषाध्यक्षमा चेतना निरौला रहेका छन ।
सदस्यहरुमा यदुराम तिम्सिना, सुवास रसाइली, इश्वरा निरौला, सन्ध्या आचार्य र भीम प्रसाद न्यौपाने रहेका छन । सो समितिले गीत , संगीतको क्षेत्रमा गतिबिधि सञ्चालन गर्दै समाजलाई सांगितिक क्षेत्रका माध्यमबाट संगठित रुपमा योगदान दिने बताइएको छ ।
