दमक/  झापाको कमल गाउँपालिका ५ मंगलवारे वजारमा बर्षेनी दशैंमा लाग्दै आएको बृहत सन्थाल नाचसहितको एकादशी मेला आयोजनालाई यसपटक पनि निरन्तरता दिइएको छ ।  यसवर्ष पनि एकादशी सांस्कृतिक मेला भव्य रुपले लाग्ने भएको  हो । मेला व्यवस्थित रुपले सम्पन्न गर्न आयोजक सगुन युवा क्लवले आवश्यक तयारी तीव्र पारिएको क्लवका अध्यक्ष देवी आङदेम्बेले जानकारी दिए । मेलामा सन्थाल नृत्यवाहेक विभिन्न मनोरञ्नात्मक खेल, खाद्यान्न, लत्ताकपडा व्यापार रहने छन् ।  
उनका अनुसार मेला व्यवस्थित रुपमा सम्पन्न गर्न क्लव, मंगलवारे वजार समिति, टोल समिति, कृतन मण्डली, आमा समूह लगायतका सरोकारवाला पक्षहरुवीच छलफल गरिएको छ ।
मेलामा लोपोन्मुख सन्थाल समुदायको सांस्कृतिक नृत्य प्रमुख आर्कषण रहने  छ। आयोजक क्लवले यसवर्ष पनि प्रतियोगितात्मक सन्थाल नृत्यको प्रस्तुति रहने जनाएको छ । प्रतियोगितावाहेक सन्थालका नृत्य टोलीको समेत मनोरञ्जनात्मक प्रस्तुति समेत रहने छ । प्रतियोगितामा उत्कृष्ठ हुने समूहलाई यसवर्ष संगीत सामाग्री ढोलसहित नगद पुरस्कारको व्यवस्था गरिएको छ । मंगलवारेका समाजसेवी समेत अगुवा ललितकुमार राई यहाँ लाग्दै आएको एकादशी मेला बर्षो पूराना मेला भएको बताउँछन् ।  दशैका अवसरमा टिकाका दिन कमलकै पाडाजुंगीमा ,गौरादहमा ,गौरीगन्जमा समेत मेला लाग्दै आएका छन् । 
लोप हुन लागेको सन्थाल नृत्यको जगेर्ना र प्रबद्र्धन गर्ने मूल उद्देश्यसहित सन्थाल मेलाको आयोजना  गरिँदै आएको छ । 

Facebook Comments Box