उर्लाबारी/ मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिसुली चोकको एक घर भित्र मोवाइल चार्जमा राखेर गेम खेल्दा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

आज बिहान राती सवा १ बजे पदम बहादुर राईका १५ बर्षिय छोरा सौजन राईको मृत्यु भएको हो ।

सोही ठाउँका धन कुमार राईका १५ बर्षिय छोरा सुरज राईको घरमा सँगै सुतेको अवस्थामा उनले राती चार्जमा राखेको मोबाइलमा गेम खेल्ने क्रममा अचानक करेन्ट लागेर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

Facebook Comments Box