दमक/ साहित्य कला सङ्गम दमकले रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । हरेक महिनाको पहिलो शुक्रवार सञ्चालन हुने सो रचना वाचन कार्यक्रमा गत शुक्रवार दुई दर्जन भन्दा बढी सष्टाहरुले रचना वाचन गरेका छन ।


साहित्य कला सङ्गमका पदाधिकारीहरु अध्यक्ष बिष्णु न्यौपाने, उपाध्यक्षहरु विन्दु दहाल मुकदर्शक र यादव प्रसाद अधिकारी, सचिव बिवश बलिभद्र कोईराला, सहसचिव हरि पराजुली, कोषाध्यक्ष ओमप्रसाद खनाल र सदस्यहरु गोपाल प्र.दहाल, ओमप्रकाश गौतम, डिल्ली निरौलाले आ–आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा अतिथिको रुपमा अभिनव साहित्य समाज काठमाडौंका सचिव पर्शुराम पराजुली परासर र सहकोषाध्यक्ष शारदा पराजुलीले रचना वाचन गर्नुका साथै नवनासो साहित्य प्रतिष्ठान धरमपुरका अध्यक्ष दिलिप घिमिरे लगायत अतिथिको रुपमा प्रेम आचार्य, भगवती दवाडी, मेघनाथ बन्धु ,लता खनाल (मिश्र)ले समेत रचना वाचन गरेका थिए ।
कार्यक्रम साहित्यकला सङ्गमका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षतामा भएको थियो ।

 

Facebook Comments Box