दमक/ बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले २२ औं बार्षिक साधारण सभा इकाइगत रुपमा शुरु गरेको छ । संस्थाले इकाई नं २ का सदस्यहरुको सहभागितामा दमकबाट साधारण सभाको शुरुवात गरेको हो ।

संस्थाले बुधबार दमकमा आयोजना गरेको दमक क्षेत्र अर्थात इकाई २ को साधारण सभाको सहभागी ज्येष्ठ सदस्यहरु दलबहादुर बस्नेत र शान्तिराम बरालले संयुक्त रुपमा दिप प्रज्वलन गरेर उदघाटन गरेका छन ।

उदघाटन कार्यक्रममा संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले संस्थाको बार्षिक प्रतिवेदन पेश गरे । अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा दमक सेवा केन्द्रका संयोजक शेरबहादुर भट्टराईले स्वागत मन्तव्य राख्दै संस्थाले सदस्यहरुको सेवामुखी कार्यक्रमहरु ल्याएको चर्चा गरे । उनले शेयर सदस्यहरु ऋणी भएको अवस्थामा मृत्यु भएको खण्डमा सम्पूर्ण ऋण मिनाहा गरिदिने संस्थाको नीति उदाहरणीय भएको उल्लेख गरे । संस्थाले लिएका बचत कार्यक्रमहरुमा पनि सहभागी भएर आफूलाई आर्थिक रुपमा सशक्त बनाउन सदस्यहरुलाई उनले आग्रह गरे ।
संस्थाका सचिव भूपाल बस्नेतले सो कार्यक्रमको सञ्चालन गरेका थिए ।

Facebook Comments Box