दमक / साहित्य कला सङ्गमले नियमित रचना वाचन कार्यक्रमकाे २१ओे शृङ्खला पूरा गरेकाे छ ।
साहित्य कला सङ्गमकाे कार्यलय दमक -६ मा शुक्रवार भएकाे रचना वाचन कार्यक्रममा साहित्यिक स्रष्टाहरु डा.खेमलाल पाेख्रेल,यादव प्र.अधिकारी,गाेपाल दहाल,ओम प्रसाद खनाल, दुर्गा काफ्ले,डा.लेखनाथ न्याैपाने,विन्दु दहाल,विष्णु न्याैपाने,राम कुमार नेपाल,लता मिश्र खनाल,हरि पराजुली,डिल्ली निराैला,बिरेन्द्र खडका,परिबेश काेईरालाले रचना वाचन गर्नु भएकाे थियाे ।
साहित्य कला सङ्गमका अध्यक्ष विष्णु न्याैपाने काे अध्यक्षतामा भएकाे उक्त कार्यक्रमकाे सञ्चालन बिरेन्द्र खडकाले गरेका थिए ।साहित्य कला सङ्गमले हरेक महिनाकाे पहिलाे शुक्रवार नियमित रचना वाचन कार्यक्रम सञ्चालन गर्दै आएकाे छ ।