दमक,२० साउन ः नेत्र विक्रम चन्द्र ( विप्लव ) नेतृत्वको नेकपाका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
दमक २ स्थित वेलडाँगी क्षेत्रबाट प्रहरीको विशेष गस्ती टोलीले विप्लवका झापा जिल्ला सदस्य सोहि वडा बस्ने वर्ष ३० का सुवास राई र कार्यकर्ता २८ बर्षिय पुकार योञ्जन पक्राउ परेका छन् ।
पक्राउ परेका दुवैको साथबाट विप्लव नेकपाका विभिन्न पर्चा ,चन्दा रसिदहरु समेत वरामद गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले बताए ।
उहाँका अनुसार वेलडाँगी क्षेत्रमा चन्दा असुली लगायतका गतिविधिमा संलग्न भएको विशेष सूचनाका आधारमा द्धय कार्यकर्ता आज विहान ११ वजे पक्राउ गरिएको हो । पक्राउ परेका दुवैलाई आवश्यक अनुसन्धानका लागि दमक प्रहरीको नियन्त्रणमा रहेको प्रनाउ सुब्बाले जानकारी दिए ।

Facebook Comments Box