दमक/झापाको दमक नगरपालिकामा महिला सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै छुट्टै स्तनपान कक्ष स्थापना गरिएको छ ।

नगरपालिका कार्यालयमा सेवा लिन आएका नाबालक छोराछोरीका आमा ( महिला) ले स्तनपान गराउनुपर्ने उमेरका छोराछोरीलाई आवश्यक समयमा स्तनपान गराउन सहज होस भन्ने उद्ेश्यले स्तनपान सप्ताह समापनका अवसरमा सो कक्ष स्थापना गरिएको हो ।

सो स्तनपान कक्षको आज औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । नगरपालिकाकी उपमेयर तथा महिला बालबालिका उपसमिति संयोजक गीता अधिकारी ( पौडेल)को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख रोमनाथ ओलीले स्तनपानको महत्वमाथि चर्चा गरे । उनले कतिपय बच्चाका आमाहरु सौन्दर्यमा कमी आउने भन्दै आफ्ना सन्तानलाई पर्याप्त स्तनपान नगराउने गरेको भए त्यसो गर्नु गलत हुने बताए ।

आमाको दुध चुस्न पाउनुलाई अधिकारका रुपमा लिइएको उनले नगर प्रमुख ओलीले बताए । कार्यक्रममा जनप्रतिनिधिहरु र कर्मचारीसहित सर्वसाधारणको उपस्थिती रहेको थियो ।

Facebook Comments Box