दमक/नेपाल क्रिकेट संघ ( क्यान) प्रदेश नं १ को अध्यक्षमा नेकपाका प्रदेश कमिटी सदस्य तथा तत्कालिन वाइसिएल नेपालका केन्द्रिय सचिव मिङमा डण्डु शेर्पा चयन भएका छन् ।
शनिबार भएको निर्वाचन प्रकृयामा अर्का प्रत्यासी विप्लव घोषले उम्मेद्वारी फिर्ता लिएपछि शेर्पा निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षमा नविन घिमिरे , सचिवमा मनोज खनाल र कोषाध्यक्षमा विरु श्रेष्ठ निर्वाचित भएका जनाइएको छ । क्यानको प्रदेश समिति १३ सदस्यीय रहेको जनाइएको छ ।
प्रदेश अध्यक्ष शेर्पाले क्यानको पहिलो प्रदेशस्तरीय समिति आफैंमा एउटा ऐतिहासिक रहेको भन्दै यसको गरिमालाई उच्च बनाउने आफ्नो पहिलो प्राथमिकता हुने प्रतिक्रिया दिएका छन् ।
निष्कर्ष न्यूजसंगको टेलिफोन कुराकानीमा उनले प्रदेश १ मा क्रिकेटको सम्भावना अधिक रहेको भन्दै यस अघि क्यानमा रहेको नातावाद, कृपावादलाई तोड्दै तल्लो स्तरदेखिनै प्रतिभाका आधारमा निष्पक्ष ढंगबाट खेलाडी उत्पादन गर्ने र समान अवसर प्रदान गर्ने कुरामा आफ्नो भुमिका रहने प्रतिबद्धता जनाएका छन् ।