दमक/ प्रदेश एकका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले छिट्टै सकेसम्म सहमतिय आधारमा नभए बहुमतीय प्रकृया अपनाएर भएपनि प्रदेश एकको नामाकरण गरिने बताएका छन ।

प्रदेश संरचनाको औचित्यका बिषयमा नागरिकस्तरबाटै प्रश्न उठिरहेको प्रति संकेत गर्दै मुख्यमन्त्री कार्कीले यो संरचनाको शुरुवात कालदेखिनै उत्पन्न निराशा र केही आलोचनाहरुप्रति आफू गम्भिर रहेको पनि मुख्यमन्त्री कार्कीको भनाई छ ।
गृह जिल्ला झापाको दमक ५ स्थित बौद्ध गुम्बा परिसरमा आज सोनाम ल्होछारको अवसरमा आयोजित साँस्कृति कार्यक्रम तथा शुभकामना आदनप्रदान कार्यक्रमलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्र्कीले प्रदेश सरकारलाई मितव्ययी र जनअपेक्षाकृत बनाउने उद्धेश्य राखेरनै सानो आकारको मन्त्रीमण्डल बनाएको पनि जिकिर गरे ।


विभिन्न जातजातीका मौलिक चाडपर्व, संस्कृति र रितिरिवाजहरु बहुमुल्य सम्पत्ती भएको चर्चा पनि गरे । उनले प्रदेश सरकारले विभिन्न जातजातीको मौलिकता र पहिचानको संरक्षणका लागि प्रदेशस्तरमा बहुसाँस्कृतिक संग्राहालय निर्माण गर्ने योजना रहेको पनि उल्लखे गरे । उनले दमकस्थित यस गुम्बा मार्फत तामाङ समुदायको संस्कृति र मौलिकता संरक्षणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले धेरै तडकभडक नगरी आफनो मौलिकता र संस्कृति जगेर्ना गर्ने किसिमका कार्यक्रमहरु अघि बढाउन आग्रह गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्य होमबहादुर थापा, दमक नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई, नेकपा माओवादी केन्द्रका प्रदेश कोषाध्यक्ष एवं सामाजिक व्यक्तित्व गगन पुरी लगायतले पनि ल्होछार पर्वको शुभकामना दिएका थिए ।