दमक/ अशोक थापाद्वारा लिखित सन्तापको धून कथा सङ्गहको आज दमकमा एक कार्यक्रमका बिच विमर्श तथा परिसंवाद भएको छ । पुस्तकको साहित्यकार दिपक सुवेदी र महेश पौडेलले परिचर्चा गरेका थिए भने कार्यक्रममा लेखक अशोक थापाले आफ्नो पुस्तक प्रकाशनको उद्धेश्य बारेमा प्रकाश पारेका थिए ।


डाइनामिक पब्लिक लाइवेरी दमकमा भएको सो कार्यक्रममा साहित्यकार तथा शिक्षासेवी दुर्गा काफ्लेले लाइवेरीले स्थापना गरेको अक्षयकोषको लागि एक लाख रुपैयाँ प्रदान गरिन ।
डाइनामिक पब्लिक लाइवेरीका अध्यक्ष भेषराज न्यौपानेको अध्यक्षतामा भएको सो कार्यक्रममा साहित्यकारहरु विष्णु प्रसाद न्यौपाने, धनञ्जय बास्कोटा, धनकुटे कान्छा, ओम प्रसाद खनाल,गोपालप्रसाद दहाल, राम नेपाल,लोकेन्द्र बन्जरा,घनश्याम पथिक लगायतको उपस्थिती रहेको थियो ।

Facebook Comments Box