दमक/ श्रीपञ्चमीको अवसर पारेर दमक स्थित बिहानी कला केन्द्रले २४ घण्टे अखण्ड सरस्वती वन्दना कार्यक्रम सम्पन्न गरेको छ । विगत देखिनै सो कला केन्द्रले यस प्रकारको कार्यक्रम गर्दै आएकोमा कोरोनाका कारण हुन सकेको थिएन । कोरोना संक्रमण हटे पछि अवस्था सहज बनेकाले संगीतकर्मी, प्रशिक्षार्थी, विद्यार्थी लगायतको सहभागीतामा सो कार्यक्रम गरिएको केन्द्रकी सञ्चालक कमला खनालले जानकारी दिनुभयो । कोरोना अघि ५ पटक यस प्रकारको कार्यक्रम गरिएको उहाँले जनाउनु भएको छ । कार्यक्रमको उद्घाटन वरिष्ठ संगीतकर्मी एलपी जोशीको प्रमुख आतिथ्य एवम् दमक ८ का वडाअध्यक्ष दिपेश दाहालको विशिष्ट आतिथ्यमा भएको थियो । यस्तै अग्रज संगीतकर्मीहरु सामाजिक अगुवाहरु, शिक्षक, अभिभावक, संगित अनुरागीहरु लगायतको उपस्थिती रहेको थियो ।
२४ घण्टा सम्म अवरत गरिएको सरस्वती वन्दनामा केन्द्रका प्रशिक्षार्थी एवम् विभिन्न विद्यालयका विद्यार्थी लगायत गरि करिव ३ सय जना सहभागी भएका थिए ।
