दमक/ झापाको कमल ७ रंगपुरस्थित इभरग्रीन अंग्रेजी माविमा बृहत सांगितिक कार्यक्रम गर्ने तयारी गरिएको छ ।
बिद्यार्थी तथा अभिभावकहरुको मनोरञ्जनका लागि बिद्यालयले आउँदो फागुन १७ गते चर्चित कलाकारहरुको प्रस्तुतीसहित बृहत सांगितिक कार्यक्रम गर्ने तयारी गरेको हो ।
बिद्यालय प्राङगणमा आयोजना गरिने सो कार्यक्रममा चर्चित गायक टंक बुढाथोकी, बाल गायक अशोक दर्जी र एआर बुढाथोकीसहित झापा, इलाम, मोरङ लगायतका पूर्व क्षेत्रका स्थानीय कलाकारहरुले प्रस्तुती दिने बिद्यालयका सञ्चालक समेत रहेका डि.जे. रुपक सापकोटाले जानकारी दिए ।

प्रविधियुक्त आधुनिक शिक्षामा इभरग्रीनको निरन्तरता
झापाको कमल ७ रंगपुरमा २०५६ सालदेखि सञ्चालित इभरग्रीन अंग्रेजी माबिले प्रविधियुक्त आधुनिक शिक्षालाई निरन्तरता दिइरहेको छ ।
सो क्षेत्रमा नै अंग्रेजी माध्यमको पठनपाठनका लागि अभिभावकहरुको आकर्षणको केन्द्र बन्दै गएको इभरग्रीनले सरल र सहज ढंगबाट पूर्ण मन्टेश्वरी तथा बालमैत्री कक्षा सञ्चालन गर्दै आएको छ ।
बिद्यार्थीका लागि बुझाई र सिकाईमा आधुनिक प्रविधिसहितको प्रयोगात्मक कक्षालाई जोड दिँदै आएको बिद्यालयका सञ्चालक रुपक सापकोटाले बताए । समयानुकुल प्रविधि र विभिन्न प्रयोगात्मक कक्षाहरु सञ्चालन गरिरहेका छौं –सञ्चालक सापकोटाले भने ।
स्थापनाकालमा एउटा काठको घर भाडामा लिएर सञ्चालन गरिएको सो बिद्यालयमा थप भवन निर्माण सम्पन्न भई व्यवस्थित रुपमा कक्षा सञ्चालन भइरहेको छ । आउँदो शैक्षिक सत्रदेखि अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने आफूहरुको लक्ष्य रहेको बिद्यालयले जनाएको छ । ४०० हाराहारीमा बिद्यार्थी संख्या रहेको सो बिद्यालय सतप्रतिशत उत्कृष्ट अंक ल्याई विद्यार्थी उतीर्ण गर्न गराउन सफल बिद्यालय हो ।
मन्टेश्वरी कक्षादेखि कक्षा १० सम्म पठनपाठन हुँदै आएको सो बिद्यालयमा पोशाकदेखि शारीरिक अभ्यास, खेलकुद ,नृत्य क्लास , सरसफाइ जस्ता बिद्यार्थीहरुको चौतर्फी विकासका लागि अतिरिक्त कृयाकलापहरु सञ्चालन गर्दै आएको छ भने बिद्यार्थीहरुलाई स्विमीङको अभ्यास समेत गराइँदै आएको छ ।
बिद्यालयमा सिसी क्यामरा जडान गरेर प्रत्येक कक्षाकोठाको मनिटरिङ सिसी क्यामराको माध्यमबाट गर्ने गरिएको सञ्चालक सापकोटाले बताए । । बिद्यार्थीहरुको आवश्यकतालाई मध्यनजर गर्दै ग्रामिण भेगमा सञ्चालित यस बिद्यालयले यातायातको सुबिधा प्रदान गर्नुका साथै कम्पाउण्ड भित्रै स्विमीङ पुल निर्माण गरेको छ । दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाहरुले पठनपाठनमा सहजीकरण गर्दै आएका छन । सो बिद्यालयमा हाल गौरादह नगरपालिका र कमल गाउँपालिकाका विद्यार्थी अध्ययन गर्दै आएका छन ।