काठमाडौँ । १४औँ राष्ट्रिय बाल नाटक महोत्सवको उद्धाटन भएको छ । शैली थिएटर, रुसी सदनको आयोजनामा संस्थागत विद्यालय संघ नेपाल (इसान) को सहकार्यमा महोत्सव सम्पन्न हुन लागेको हो । कार्यक्रममा बोल्दै प्रतिनिधि सभाको सांसद सोविता गौतमले,’नाट्य जगतलाई जोगाइराख्न शैली थिएटरले गरेको प्रयासलाई आत्मसात गर्न आवश्यक रहेको बताउनुभयो ।’

त्यस्तै, १४औँ राष्ट्रिय बाल नाटक महोत्सवका डाइरेक्टर नवराज बुढाथोकीले,’शैली थिएटरको इतिहास भन्दा पनि कामको कुरा गर्न आवश्यक रहेको बताउनुभयो ।’ उहाँले,’बालनाटक महोत्सव गरिरहदाँ धेरैको प्रश्न किन बालबालिकाको लागि गरिराछस् भन्ने रहेको बताउँदै उहाँले, बालबालिकाको क्षेत्र हेपिएको र पिछडिएको भएकाले म जसरी हुर्के जुन बालमनोविज्ञानमा हुर्के त्यो भन्दा पनि अहिलेका बालबालिकाहरूलाई फरक बालमनोविज्ञानमा हुर्काउन अगाडि बढाउन आवश्यक रहेकाले आफुले गरेका कामहरूको पछिसम्म पनि छाप छोड्ने भएकाले बालबालिकाको क्षेत्रमा काम गर्न आवश्यक रहेको बताउँनुभयो ।’
विगत १३ वर्षदेखि शैली थिएटरले आयोजना गर्दै आइरहेको नाटकको १२ र १३औँ महोत्सव भर्चुअल रूपमा सम्पन्न गरिएको थियो । त्यसैगरी १४औँ बालनाटक महोत्सव नौँ दिनसम्म सञ्चालन गर्ने तयारी रहेको र महोत्वमा २९ वटा विभिन्न विधाका नाटकहरू समावेश रहेको शैली थिएटरका कार्यकारी संयोजक सविन न्यौपानेले बताउनुभयो ।
विगतका दुई वर्षहरूमा अनलाइन माध्यमबाट भर्चुअल महोत्सव गरेको शैलीले यस पटक प्रतियोगि र अप्रतियोगि नाटक प्रस्तुत गर्दैछ । “छनोट भएर मञ्चनमा लगिएका नाटकहरूलाई मञ्चनकै अविधमा विज्ञहरुको निर्णायक टोलीले विभिन्न पक्षबाट मूल्याङ्कन गरी ७ वटा पुरस्कारहरु दिईने छ । भने, अप्रतियोगि नाटकको लागि विशेष सम्मान गरिने छ र सहभागि सम्पूर्णलाई प्रमाणपत्र वितरण गरिने, शैली थिएटरका कार्यकारी संयोजक सविन न्यौपानले बताउनुभयो ।
बाल नाटक महोत्सवमा प्रतियोगि र अप्रतियोगी गरेर जम्मा २९ वटा नाटक समावेश भएका छन् भने, काठमाडौं उपत्यका र बाहिरी जिल्लाहरूबाट पनि नाटक समावेश भएको छ । उक्त नाटक महोत्सवमा सयौं विद्यार्थीहरू सहभागी हुने शैली थिएटरका कला निर्देशक बिबेक न्यौपानेले जानकारि दिनुभयो ।
बाल रङ्गमञ्चको परम्परा बसाल्नु हाम्रो कोशिस हो र अर्को भविष्यमा नेपाली रङ्गमञ्चलाई चाहिने बाल रङ्गकर्मी एवं दर्शक तयार पार्नु हो । हाम्रो यश प्रयासले पक्कै पनि विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई नाटक प्रति आकर्षक गराउने थिएटरको उद्देश्य रहेको छ । २०६६ सालदेखि शैली थिएटरले आयोजना गर्दै आइरहेको नाटक महोत्सवमा नवराज बुढाथोकीद्वारा निर्देशीत नाटक ‘सुनौलो माछा’ बाट नाटकको मञ्चन शुरूवात भएको थियो भने, त्यसवर्ष महोत्सवमा ६ वटा नाटकहरू समावेश रहेका थिए ।
त्यस्तै २०६७ सालमा १० ओटा नाटक मञ्चन भएका थिए भने, २०६८ सालमा ८ वटा, २०६९ सालमा १४ वटा, २०७० सालमा १० वटा नाटक समावेश रहेका थिए । त्यस्तै, २०७१ सालमा १५ वटा, २०७२ सालमा १२ वटा, २०७३ सालमा १५ वटा, २०७४ सालमा १५ वटा, २०७५ सालमा २० वटा, २०७६ सालमा १८ वटा तथा, २०७७ सालमा १२ वटा, २०७८ सालमा १० वटा नाटकहरू रहेका छन् भने, रूसी सदन कमल पोखरीमा आयोजना हुन लागेको २०७९ सालको महोत्सवमा २९ वटा नाटकहरू समावेश रहेका छन् ।
राष्ट्रिय बालनाटक महोत्सव उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभाको सांसद सोविता गौतम सोविता गौतम, विशिष्ट अतिथिका रूपमा बाल साहित्यकार राम बाबु सुवेदी, बरिष्ठ गीतकार रामेश श्रेष्ठ, बरिष्ठ रंगकर्मी निसा शर्मा, रुसी सदनमा निर्देशक आन्तोन मस्लोव इसान अध्यक्ष मदन रेग्मी, कवि तथा सहित्यकार महेश पौडेल लगायतको उपस्थिति रहेको थियो ।
उक्त नाटक महोत्सवमा निर्णायकको भुमिकामा नाट्यकर्मीहरू बाबुराम रेग्मी, किशाेर अनुराग, कान्छी महर्जन रहनुभएको छ । बालबालिकाका बिषयबस्तुलाई केन्द्रमा राखी कार्य गर्ने शैली थिएटरले विगत १३ वर्षदेखि हरेक वर्ष राष्ट्रिय बाल नाटक महोत्सव गर्दै आइरहेको छ । महोत्सव माघ २९ गतेदेखि फाल्गुन ८ गतेसम्म रूसि सदन कमलपोखरी र रातोपुल स्थित शैली थिएटरमा मञ्चन हुने छन् ।