दमक/ दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीकी एक महिलाको हात्तीको आक्रमणमा ज्यान गएको छ । सो शिविरको सेक्टर नं २ सी वान छाप्रो नं २१ म बस्दै आएका केशरमान राईकी श्रीमती ४७ बर्षिया काउमाया राईको जंगली हात्तीको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो त्यहाँस्थित हम्से दुम्से सामुदायिक वनमा घाँस काट्न गएकी काउमायालाई जंगलमा हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्र रिजालले जानकारी दिए । घटनास्थल जंगलको बीच भागमा पर्ने बताइएको छ ।

Facebook Comments Box