दमक/ मदन पुरस्कार विजेता साहित्यकार डा. नवराज लम्सालले महाकाब्य बिधामा मदन पुरस्कार पाउनुलाई आफूले सौभाग्यको रुपमा लिएको बताएका छन ।
अग्नी महाकाब्यमा मदन पुरस्कार प्राप्त गरेपछि पहिलो पल्ट झापा आएका लम्सालले सप्तरङ्गी एफ.एम मा आयोजित सक्षिंप्त कार्यक्रममा पछिल्लो समय सबैबाट उपेक्षामा परेको महाकाब्य बिधामा आफुले मदन पुरस्कार प्राप्त गर्नु सौभाग्य भएको बताए ।
सप्तरङ्गी एफ.एम.बाट हरेक दिन बिहान प्रसारण हुने सप्तरङ्गी गाथाका सर्जक समेत रहेका लम्साललाई एफ.एम.ले स्वागत तथा सम्मान गरेको हो । सप्तरङ्गी एफ.एम.का अध्यक्ष मेहेरमान लिङदेनको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार लम्सालले आज भन्दा १६ बर्ष अघि सप्तरङ्गी एफ.एम. स्थापनाको समयमा झापा आउँदा सप्तरङ्गी गाथा लेख्न जुरेको भन्दै सप्तरङ्गी गाथा रेडियोको मात्रै सम्पत्ती नभएर यो सबै नेपालीको सम्पत्ति भएको बताए ।
आफुले समाजबाट उपेक्षामा परेका समुदाय र पात्रहरुको कथा लेख्ने भएकोले सबैले मन पराईदिएको भन्दै उहाँले रेडियोले पनि आवाज बिहिनहरुको आवाज बोल्नु पर्ने बताए । आप्mना कर्ण धरा र अग्नी तिनवटै महाकाब्यमा सिमान्तकृत समुदायका आवाज राखेको भन्दै लम्सालले जनजिवनको आवाज भएमा मात्रै सिर्जनाहरु सबैको साझा बन्ने बताए ।
कार्यक्रममा सप्तरङ्गी एफ.एम.का सञ्चालक समिति सदस्य राजकुमार भट्टराई, लक्ष्मिप्रसाद दाहाल, बशिष्ठ संस्कृत गुरुकुलका अध्यक्ष राजेन्द्र भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका सप्तरङ्गी एफ.एम.का प्रबन्ध निर्देशक गिरिराज भट्टराईले जानकारी दिए ।
