दमक/दमक उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि सत्तारुढ नेकपाका तर्फबाट संघको अध्यक्ष र प्रथम उपाध्यक्ष पदमा उम्मेद्वारी सिफारिसका लागि आवेदन गरेका दुई जनाले आफ्नो दाबी फिर्ता लिएका छन् ।

नेकपा निकट स्रोतका अनुसार संघको अध्यक्षका लागि उम्मेद्वार बन्ने आकांक्षा राखेका विमल खतिवडा र प्रथम उपाध्यक्षका आकांक्षी युवराज घिमिरेले आआफ्नो दाबी फिर्ता लिएका हुन् ।

अध्यक्ष पदमा खतिवडासंगै संघका वर्तमान अध्यक्ष राजेन्द्र ढकाल र प्रथम उपाध्यक्षमा घिमिरेसहित महेन्द्र खड्का, टिका प्रसाइँ, घनश्याम खनाल र गंगा ढकालले आवेदन गरेका थिए ।

नेकपाबाट संघको द्धितीय उपाध्यक्षको उम्मेद्वारीका लागि ज्ञानु पौडेलको एकल दाबी छ ।
तृतीय उपाध्यक्षका लागि नेकपाबाट संघका वर्तमान कार्यसमिति सदस्य एवम् होटल व्यवसायी संघका अध्यक्ष राजेन्द्र दंगाल, संघका वर्तमान कार्य समिति सदस्य विमल नेपाल, पूर्व कार्य समिति सदस्य पशुपति बराल लगायतले आवेदन गरेपनि उनीहरु मध्ये कसैले पनि स्वैच्छिक रुपमा उम्मेद्वारी दाबी फिर्ता लिएका छैनन् ।

खतिवडा र घिमिरेसहितको नेतृत्वमा संघको कार्यसमितिका सबै पदमा नेकपाका आकांक्षीहरुले उम्मेद्वार सिफारिसका लागि आवेदन गरेपनि अन्य पदका उम्मेद्वारले भने अहिले सम्म आफ्नो दाबी फिर्ता लिएका छैनन् । यद्यपी विभिन्न सञ्चारमाध्य तथा सामाजिक सञ्जालहरुमा अन्य पदका उम्मेद्वारहरुको समेत टुंगो लागेको भन्दै सार्वजनिक भईरहेका समाचारप्रति उम्मेद्वारका अन्य आकांक्षीहरुले भने आपत्ती जनाएका छन् ।  सो निर्वाचनमा कांग्रेसले भने अन्य दलहरुसंग पदीय  भागवण्डा लगभग निक्र्यौल भईसकेकाले एक साता भित्रै गोकूल श्रेष्ठको नेतृत्वमा उम्मेद्वार घोषणाको तयारी गरेको जनाइएको छ ।

Facebook Comments Box