दमक/ झापाको दमकमा यहि भदौको तेस्रो साता हुने अनुमान गरिएको दमक उद्योग वाणिज्य संघको यस पटकको निर्वाचनमा उद्योग व्यापारका क्षेत्रमा अब्बल मानिने मारवाडी तथा मधेसी समुदायबाट मुख्य पाँच पदमा उम्मेद्वारी पर्ने सम्भावना न्यून देखिएको छ ।

अहिले सम्म सत्तारुढ नेकपाबाट मुख्य पाँच पदमा उम्मेद्वारीका लागि चर्चामा रहेकाहरु मध्ये ति समुदायका कोही पनि उद्योगी व्यापारी परेका छैनन् । भने नेकपाबाट महिला उम्मेद्वारले समेत मुख्य पदमा उम्मेद्वारीका लागि स्थान नपाउने देखिएको छ । संघको विधान अनुसार पदाधिकारीका लागि योग्य मधेसी तथा महिला उद्योगी व्यवसायीहरुको संख्या थुप्रै छ ।

नेपाली कांग्रेस नेतृत्वको संयुक्त लोकतान्त्रिक गठबन्धनबाट भने संघको तृतीय उपाध्यक्ष पदमा संघकी वर्तमान कार्य समिति सदस्य तथा उद्यमी व्यवसयी महिला नेतृ रमा लिम्बुलाई उम्मेद्वार बनाउने लगभग पक्कापक्की जस्तै छ । नेकपाबाट संघको अध्यक्षमा दाबी गरेका दुई मध्ये विमल खतिवडाले आन्तरिक रुपमा उम्मेद्वार फिर्ताको लागि आवेदन गरिसकेका कारण संघका अध्यक्ष राजेन्द्र ढकाल पुनः उम्मेद्वार बन्ने लगभग पक्कापक्की जस्तै छ ।
नेकपाबाट वरिष्ठ उपाध्यक्षमा गोपाल गुरागाइँ र राजकुमार श्रेष्ठ , प्रथम उपाध्यक्षमा युवराज घिमिरे ब्याक भईसकेका कारण महेन्द्र खड्का, टिका प्रसाइँ, गंगा ढकाल, द्धितीय उपाध्यक्षमा ज्ञानु पौडेल, तृतीय उपाध्यक्षमा राजेन्द्र दंगाल, पशुपति बराल, घनश्याम खनाल लगायतको नाम चर्चामा रहेका कारण ति पदहरुमा नेकपाबाट अहिले सम्म महिला तथा मारवाडी र मधेसी समुदायबाट उम्मेद्वार नहुने देखिएको हो ।

कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनबाट समेत अहिले सम्म मारवाडी समुदायबाट संघका पूर्व कार्य समिति सदस्य दिनेश अग्रवाललाई सम्भावित उम्मेद्वारका रुपमा हेरिएपनि कांग्रेसको नेतृत्वमा अन्य दलसमेत सहभागी हुने भएका कारण के हुने भन्ने अझै यकिन छैन ।
संघको विधानले कार्य समितिमा आदिवासी, जनजाती, मधेसी र महिला तथा वस्तुगत संघको कोटा निर्धारण भएको भएपनि मुख्य पाँच पदमा उनीहरुको सुनिश्चीतता नरहेका कारण संघको नेतृत्वमा पुग्न उनीहरुलाई मुश्किल परिरहेको देखिन्छ ।

Facebook Comments Box