दमक/ दमकको साहित्य कला संगमले सो संस्थामा स्थापित अक्षयकोषबाट तीन किसिमका उत्कृष्ट प्रतिभा पुरस्कारबाट ७ जनालाई पुरस्कृत गर्ने भएको छ ।

कला साहित्यका क्षेत्रमा सक्रिय गतिबिधि गर्दै आएको संगमले तुलसादेवी स्मृति पुरस्कार तथा सम्मान गायक सिताराम ताजपुरियालाई प्रदान गर्नेछ भने साहित्यकला श्री पुरस्कार साहित्यकार युवराज नयाँघरेलाई र भवानी मिश्र पुरस्कार पाँच जना पूर्वेली प्रतिभाहरुलाई एकसाथ अर्पण गर्ने कार्यक्रम सार्वजनिक गरेको हो ।

यहि चैत्र २५  गते दमकमा साहित्यकला संगमले आयोजना गर्ने सम्मान तथा पुरस्कार अर्पण कार्यक्रममा भवानी मिश्र पुरस्कार साहित्यकार चुडामणि रेग्मी (झापा), प्रतिभा पौडेल (इलाम),मुकुन्द प्रयास (धनकुटा) , हिक्मत नेम्वाङ (सुरुङगा) र बुद्धविर राणा (डिगबोइ असम)लाई प्रदान गर्ने निर्णय भएको आयोजक संस्थाले जनाएको छ । फागुन २७ गते स्रष्टा छनोट समितिले गरेको सिफारिस र २८ गते बसेको मुल समिति बैठकले गरेको अनुमोदन अनुसार ति प्रतिभाहरु छनोट गरिएको आयोजक संस्थाका अध्यक्ष विष्णु नेउपाने र महासचिव दीपक सुवेदीले हस्ताक्षर गरी सोमबार जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Facebook Comments Box