दमक/ ज्येष्ठ नागरिक संघ झापा मातहत रहने गरी विश्वप्रसाद अधिकारीले स्थापना गरेको माता पिता स्मृति अक्षयकोषबाट गायक एलपी जोशीलाई प्रतिभा सम्मान प्रदान गरिएको छ ।

गौरीगञ्ज १ का स्थायीबासिन्दा पूर्व जनप्रतिनिधि, पूर्व शिक्षक एवं सामाजिक व्यक्तित्व अधिकारीले आफना माता पिता स्वर्गीय टंक प्रसाद.शिबमाया अधिकारीको स्मृतिमा स्थापना गरेको ज्येष्ठ माता पिता स्मृति  सम्मान कोषबाट दमक १ निवासी लोक गायक जोशीलाई नगदसहित सम्मान पत्रबाट सम्मान गरिएको हो ।
ज्येष्ठ नागरिक संघ झापा जिल्ला अन्तर्गतको दमक नगर समितिले आयोजना गरेको मानसंमान कार्यक्रममा संघका नगर अध्यक्ष इशवरी प्रसाद तिमल्सिना र अक्षयकोष दाता बिश्व प्रसाद अधिकारीले संयुक्त रुपमा ८६ बर्षिय लोकगायक जोशीलाई सम्मान गरेका थिए ।

Facebook Comments Box