दमक/  झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीका ६५ परिवार शरणार्थीहरुलाई अमेरिकाको Kentucky State मा रहेको स्वस्थ ज्येष्ठ स्वास्थ्य हेरचाह समुहले खाद्यन्न तथा घरायसी प्रयोजनका सामग्रीहरु प्रदान गरेको छ ।
गत शुक्रबार शिविरमा औपचारिक कार्यक्रम गरी खाद्यन्न तथा अन्य घर भान्सामा प्रयोग हुने सामग्रीहरु लाभग्राही परिवारलाई हस्तान्तरण गरिएको हो । Healthy Adult Day Health Care Team का सञ्चालक ceo देब सुवेदीको पहलमा अशक्त तथा बृद्धबृद्धाहरुलाई वस्तुगत तथा खाद्यान्य सामाग्री वितरण गरिएको जनाइएको छ ।
आयोजक संस्थाका अरुण बिश्व, सुवेदी, काजी राउत, सन्देस कालिकोटे, राजु तामाङ, नरेश दाहाल लगायतको उपस्थितीमा ति सामग्री वितरण गरिएको थियो ।
प्रति परिवार २५ केजी चामल १ केजी दाहल १ लिटर खानेतेल, साबुन , नून लगायतका सामान प्रदान गरिएको थियो । सहयोग प्रदानका लागि समन्वय गरेको आयोजकका तर्फबाट अमेरिका निवासी अरुण बिश्वले संस्थालाई धन्यवाद दिदै ६५ परिवारका अशक्त तथा बृद्धहरुलाई सहयोग गर्न पाउँदा खुशी भएको र आउादा दिनमा पून सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।
शिविर व्यवस्थापक तेज बहादुर राई, गणेश रिजालले सहयोगी संस्था संचालक तथा समन्वय गरेर सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिदै खुशी व्यक्त गरे । सो कार्यक्रम सञ्चालन बेलडाँगीमा रहेको बालकेंन्द्रका प्रमुख पूर्ण बहादुर गुरुंङले संचालन गरेका थिए ।

dis ABILITY Programme Paliative care & opportunity sectionBeldangi-II Refugee सस्थालाई अमेरिका निवाशी अरुण बिश्वले 15000/-र राजू  तामाङले 10000/- नगद समेत हस्तान्तरण गरेका थिए ।

 

Facebook Comments Box