दमक / नेपालीहरुको नयाँ वर्ष २०८० को अवसर पारेर एनआरएनए, युएई क्षेत्रीय समन्वय परिषद अलऐनको आयोजनामा एनआरएनए न्यू इयर कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको फाइनल खेल एनआरएनए,अलऐन र नखील गोर्खा बिच भएको थियो ।

प्रतियोगिताको उपाधि आबुधाबीको नखील गोर्खाले जित्न सफल भएको छ । फाइनल खेलको म्यान अफ द म्याच नखील गोर्खाका रोसन खडका भएका थिए भने प्रतियोगिताको उत्कृष्ट खेलाडी नखील गोरखाकै निर कुमार राई, टप स्कोरर एनआरएनएका अमित तामा ,उत्कृष्ट डिफेन्स एनआरएनएका दुर्गा आचार्य, बेस्ट गोलरक्षक एनआरएनएका सुनिल श्रेष्ठ भएका थिए ।
प्रतियोगिताको सभापतित्व एनआरएनए, युएईका वरिस्ठ उपाध्यक्ष पासांग शेर्पाले गर्नु भएको थियो भने प्रमुख अतिथी एनआरएनए, मध्यपुर्व संयोजक मनोज कुमार श्रेष्ठ रहेका थिए । संबिधान सभा सदस्य सुजता परियारको विशिष्ट आतिथ्यमा सम्पन्न प्रतियोगितामा , एनआरएनए, युएईका सल्लाहकार तथा नेपाली जनसम्पर्क समिती युएईका सभापती भुवानी प्रसाद तिमल्सिना, नेपाली जनसम्पर्क समिती युएईका संरक्षक खेमराज बस्नेत ,आशा एच ४ फाउन्डेशनकी फाउण्डर आशा लामा, एनआरएनए, युएईका उपाध्यक्ष निरञ्जन सिलवालज्यु ,बिकास शाही, नेपाली युएई नेपाली फुटबल एसोसिएसनका अध्यक्ष मुक्ति गुरु , कोषाध्यक्ष कुल लेप्चा, एनआरएनए, युएईका सचिव सुरीन भुजेल, एनआरएनए, युएईका सहकोषाध्यक्ष प्रकाश थापा, एनआरएनए, युएईका केन्द्रीय सदस्य तुलसी राम भुषाल, प्रेम शाही लगायतको आतिथ्य रहेको प्रतियोगिताका संयोजक एनआरएनए अलऐन अध्यक्ष उज्वल दाहालले जानकारी दिए ।
सो अवसरमा अर्घाखाँची समाजसेवा, युएईका सल्लाहकार प्रकाश महत, नेपाली जनसम्पर्क समिती अलऐनका सभापति सविन पाण्डे , संघीय लिम्बुवान मञ्च, अलऐनका अध्यक्ष राज थेवे नेपाली जनसम्पर्क समिती अलऐनका पुर्व सभापति जनक सापकोटा साथै प्रायोजकका प्रतिनिधिहरु इन्स्टेन्ट क्यास, हिमाल रेमिट, ग्लोबल आईएम्ई दर्शन खाजाघर अलऐन जिल्लागत संस्थाका प्रतिनिधीहरुको पनि आतिथ्य रहेको थियो भने शुभकामना मन्तब्य एनआरएनए युएई उपाध्यक्ष निरञ्जन सिलवालले राखेका थिए । कार्यक्रमको सञ्चालन एनआरएनए युएईका महासचिव दिपक खड्काले गरेका थिए । प्रतियोगीतामा युएई भरीका कुल १२ टिमले प्रतिस्पर्धा गरेका थिए ।

Facebook Comments Box