पथरी शनिश्चरे/   मोरङको पथरी शनिश्चरे –०३ स्थित स्वामी चोकमा श्रेष्ठ परिवारले वर्षाैंदेखि जोतभोग गर्दै जमिन अर्कैको भन्दै किन्न खोज्नेलाई स्थानीयले लखेटेका छन्। ।
बुधबार दिउँसो आएका चार जनाले जग्गा खरिद गर्नका लागि आफुहरु जग्गा हेर्न आएको बताएपछि त्यहाँका स्थानीयहरूले लखेटेका हुन्। ।

४ जनको संख्यामा आएका उनीहरूलाई स्थानीयले केरकार गरी लखेट्न थाले पछि ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोली र नगरपालिका र वडाका जनप्रतिनिधीहरुले सुरक्षा दिनुपरेको ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख लक्ष्मी भण्डारीले जानकारी दिए ।
उनीहरूमाथि स्थानीयले गाली गलौज गर्नुकासाथै लखेटेको वडा सदस्य टंकप्रसाद पराजुलीले जनाएका छन्। ।
हाल काठमाडौं बस्दै आएकी पुनम मगरले उनले २०७३ सालमा राजिनामा पास गरी लिएको जग्गा बेच्नका लागि दुई जना दलाली मार्फत उर्लावारी घर भएका दुई जना ग्राहकहरू जग्गाको भौगोलिक अवस्थिति हेर्न भनेर आएको बुझिएको छ ।

करिब डेढ बिघा जमिन वर्षाैंदेखि एकैघरका लाल बहादुर श्रेष्ठ,मदन श्रेष्ठ लगायतका ५ जना दाजुभाईका घर परिवारले उपभोग गर्दै आएका छन्। ।
हरेक वर्ष जग्गा विक्री गर्ने भन्दै दलाली मार्फत ग्राहक खोज्ने हाल काठमाडौं बस्दै आएकी पुनम मगरले यस पटक फेसबुक मेसेन्जर मार्फत लालपुर्जाको फोटोहरु ति ग्राहकलाई पठाइदिएकी बताइएको छ । सोहि फोटोहरुका साथ स्थलगत भौगोलिक अवस्थिति बुझ्न आउदा स्थानीयले उनीहरुलाई लखेटेको बताइएको छ ।

विगत ४० वर्ष यता पथरीशनिश्चरे नगर क्षेत्रभित्र विभिन्न प्रकारका जग्गा सम्बन्धिका समस्याहरू छन्।  यस क्षेत्रमा खास गरी वर्षाैंदेखि खाली खाल्सा भोगचलन गर्दै आएको जमिन, वि. स. २०३४/०३५ मा इलामको तत्कालीन बाँझो र मधुमल्ला गाउँ पञ्चायतहरूले सट्टाभर्ना भनि दिलाएको दोहोरो स्वामित्व भएको जमिन , यस अघि विभिन्न भूमि आयोगहरूले अवैधानिक रूपमा बाडेका जमिनको लालपुर्जावाला, ४० औं वर्षदेखि नै जोतभोग गरेको तर अहिलेसम्म पनि पुर्जा नपाएको, वर्षाै अघिदेखि भोगचलन गरेका तर अदालतबाट फैसला गरी लालपुर्जा लिएकाहरूले उपभोग गर्न नसकेका , यस अघिका भूमि आयोगहरूले अवैध अवैज्ञानिक तवरले वितरण गरेका किर्ते लालपुर्जा, जस्ता विभिन्न समस्याहरू विद्यमान रहेका छन्।
यिनै समस्या समाधानका लागि पछिल्लो पटक पथरीशनिश्चरे नगर पालिकामा पनि राष्ट्रिय भूमि आयोग मातहतको शुशिला घिमिरेको अध्यक्षतामा मोरङ्ग जिल्ला भूमि आयोग गठन भई आवश्यक अध्ययन अनुसन्धान गरिरहेको छ भने केही महिना अघि पथरीशनिश्चरेको वडा नं ८ बाट खाली खाल्सा जमिनको भोगचलन गर्ने सर्वसाधारणलाई जग्गाको निस्सा र १५ जनालाई लालपुर्जा समेत वितरण पनि गरिसकेको छ।

Facebook Comments Box