शिवसताक्षी / म्यानेजर्स क्लब अफ शिवसताक्षी को आयोजनामा कर्मचारि अभिमुखिकरण कार्यक्रम शिवसताक्षीमा आज सम्पन्न भएको छ।
शिवसताक्षी ११ दुधे स्थित सताक्षिधाम सामुदायिक अध्ययन केन्द्रमा आयोजित कार्यक्रममा ३१ वटा सहकारी संस्थाको एक सय बडी कर्मचारीहरु( ब्यबस्थापक, सह ब्यबस्थापक, लेखापाल, ऋण अधिकृत, बजार प्रतिनिधिहरु) उपस्थिति रहेको थियो।जिल्ला सहकारी संघ झापाको लेखा सुपरिबेक्षण समितिका संयोजक चुडामणि ओझाको प्रमुख आतिथ्यतामा तथा म्यानेजर्स क्लब अफ शिवसताक्षिको अध्यक्ष एवं जिल्ला बचत तथा ऋण सहकारी संघ झापाको संचालक सदस्य बिनोद ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न बएको हो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि ओझाले सहकारीको बर्तमान अबस्था र भविश्यको चुनौतीको बरेमा प्रष्ट पारेका थिए भने सहजीकरण सहकारी शाखा शिवसताक्षिका प्रमुख बद्री कुमार दाहालले गरेका थिए । उनले सहकारी संस्थामा कर्मचारिहरुको काम, कर्तव्य र भुमिकाको बिषयलाइ जोड दिएका थिए ।
यो कार्यक्रमले पछिल्लो समय सहकारी प्रती देखिएको समस्य र भ्रमलाइ समेत आ-आफ्नो सेयर सदस्यहरुलाइ बुझाउन आवस्यक रहेको पनि बक्ताहरुले बताएका थिए । कार्यक्रम म्यानेजर्स क्लब अफ शिवसताक्षिका सचिब प्रकाश चन्द्र पोख्रेलले सन्चालन गरेका थिए ।
