दमक/ हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन उभाैली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजाआराधना गरी उभाैली पर्व मनाउने गरिन्छ । किराँत, राई समुदायले यसलाई साकेला पर्व पनि भन्छन । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभाैली रहेको हो । यस उभौली पर्वलाई ऋतु परिवर्तनको सङ्केत दिने पर्वको रुपमा पनि मनाउने गरिन्छ । वैशाख शुक्ल पूर्णिमादेखि एक महिनासम्म मनाइने उभौली पर्व वसन्त ऋुतुमा पर्दछ ।
वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको छ यस पर्वको पहिलो दिन ‘चण्डी नाच’ नाच्ने चलन छ जसमा प्रकृतिको आराधान गरिन्छ । यसरी ‘चण्डी नाच’ नाचिने पर्व भएकाले यस पर्वको पहिलो दिन ‘चण्डी पुर्णिमा’को नामले पनि परिचित छ । यस अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुभकामना सन्देश जारी गरेका छन । मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ– जगतका हरेक प्रणाीले ‘जगतबाट विच्छेद भएर होइन एकाकार भएर बाच्नुपर्छ’ भन्ने महत्वपूर्ण सन्देश दिएको छ ।
मानव र प्राकृतिसँग गोहिरो सम्बन्ध रहेको उभौली पर्वले सम्पूर्ण नेपालीबीच आपसी एकता, सहयोग र सद्भाव अभिवृद्धि गरी सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन ।