दमक / यहि भदौ २० गते हुने दमक उद्योग वाणिज्य संघको निर्वाचनमा दमकका सुनचाँदी व्यवसायीहरुको तर्फबाट वस्तुगत कोटामा युवा व्यवसायी रुबल अधिकारी उम्मेद्वार बन्ने भएका छन् ।

अधिकारीलाई सुनचाँदी व्यवसायी संघको तर्फबाट कार्य समिति सदस्यका लागि उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय भएको बताइएको छ । संघका अध्यक्ष शेरबहादुर गजमेरको अध्यक्षतमा बसेको बैठकले सो निर्णय गरेको हो ।

अधिकारी विगत ६ बर्षदेखि दमकको नगरपालिका रोडमा रोनिन गोल्ड सिल्भर सञ्चालन गर्दै आएका व्यवसायी हुन् ।
सुनचाँदी व्यवसायीको तर्फबाट यस अघिको वाणिज्य संघको निर्वाचनमा भेषराज धमला निर्वाचित भएका थिए । दमकमा करिब १ सय ५० वटा सुनचाँदी व्यवसाय सम्बन्धि फर्महरु छन् ।

Facebook Comments Box