दमक/ गायक राजेश धिमाललाई युवा प्रतिभा पुरस्कार २०८० प्रदान गरिने भएको छ ।
आज शुक्रबार बसेको धिमाल युवा प्रतिभा पुरस्कार २०८० छनौट समितिको बैठकले सो निर्णय गरेको हो । समितिका संयोजक अजितकुमार धिमालको अध्यक्षतामा बसेको बैठकले गित, संगीत मार्फत समुदायको पहिचान र धिमाल भाषाको गित, संगीतमा पुर्याउदै आएको योगदानको कदर गर्दै उनलाई पुरस्कृत गरिने निर्णय गरेको जनाइएको छ ।
युवाहरुको प्रतिभाको कदर र प्रोत्साहन गर्ने उदेश्यले धिमाल जातिय विकास केन्द्रले सो पुरस्कार प्रदान गर्दै आएको छनौट समितिका संयोजक धिमालले जानकारी दिए । केन्द्रीय समितिले हरेक वर्ष असार २ गते सिरिजात जात्री समापन कार्यक्रमको अवसरमा युवा प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कृत मेचिनगर –८ निवासि गायक धिमाललाई आल्गी धावा, नगद ५ हजार र सम्मान पत्र प्रदान गरिनेछ ।

Facebook Comments Box